आतंकबादी समूह इस्लामिक स्टेट विरोधी गठबन्धन बलियो पार्नेबारे छलफल गर्न पेरिसमा बैठक

अमेरिकी बिदेशमन्त्री जोन केरी आतंकबादी समूह इस्लामिक स्टेट विरोधी गठबन्धन बलियो पार्नेबारे छलफल गर्न आयोजित बैठकमा सहभागी हुन फ्रान्सको पेरिस पुगेका छन् ।
२० राष्ट्रका प्रतिनिधि सहभागी हुने बैठकमा सो आतंकवादी समूह बिरुद्ध युद्ध छेड्ने उपायहरुका बारेमा छलफल हुने बताइएको छ । बैठकमा इरानले भने सहभागिता नजानाउने निर्णय लिएको छ ।
पछिल्लो समय अमेरिकाले आइएस बिरुद्ध सैन्य अभियान थाल्ने निर्णय गरेसँगै मध्य पूर्व राष्ट्रको भ्रमण सकाएर जोन केरी फ्रान्स पुगेका हुन् । आईएस बिरुद्धको अभियानमा १० वटा अरब मुलुकहरुले अमेरिकालाई साथ दिने प्रतिवद्धता जनाइसकेका छन् ।
आइएस बिद्रोहीेले सिरिया र इराकमा आतंकबादी हमलालाई तीब्रता दिइरहेको छ । केही दिनयता दुई अमेरिकी पत्रकारको निर्मम हत्या गरिएको छ भने बेलायती नागरिकको शीर छेदन गरेको भिडियो सार्वजनिक भएको छ । AGENCIES