एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य स्थिति अत्यन्तै गम्भीर

एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था अत्यन्तै संवेदनशील बनेपछि आइतबार दिनभरि उनीबारे अनेकौँ चासो र शंका भए। आइतबार अपराह्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नर्भिक अस्पतालमा पत्रकारहरुलाई बोगटीको स्वास्थ्य स्थिति ‘उस्तै’ रहेको जानकारी गराए।
उनले पत्रकारहरुलाई भने, ‘उहाँको स्वास्थ्यका केही स्थितिमा सुधार भए पनि समग्रमा स्थिति उस्तै छ।’ बोगटीलाई उपचारका लागि दिल्ली लगिनेबारे आफूले भारतीय राजदूत रञ्जित रेसँग कुराकानी गरे पनि यस्तो अवस्थामा बाहिर लैजानु उपयुक्त नभएको सल्लाह चिकित्सकहरुले दिएको प्रचण्डले बताए। उनीसहितका एमाओवादी नेताहरुले नर्भिक अस्पतालका चिकित्सकहरुसँग बैठक गरेर बाहिर निस्केपछि प्रचण्डले पत्रकारहरुलाई यस्तो जानकारी गराएका हुन्। चिकित्सकहरुसँग बैठक गरेपछि प्रचण्ड पत्नी सीता पौडेल रुँदै बाहिरिएकी थिइन्।
स्वास्थ्य अवस्था अत्यन्तै संवेदनशील रहेको जानकारी आएपछि एमाओवादी र अन्य दलका नेताहरुको बाक्लो भीड दिनभरि अस्पतालमा लागेको थियो। संविधानसभामा बैठक चलिरहेको बेला बीचैमा प्रमुख नेताहरुसहित एमाओवादी सभासद्हरु नर्भिक अस्पताल पुगेका थिए।
बिहीबार साँझ निवासमै हृदयाघात भएर गंगालाल अस्पताल पुर्‍याइएका बोगटीलाई मस्तिष्काघातसमेत भएपछि नर्भिक अस्पताल ल्याइएको छ। नर्भिक अस्पतालमा अहिले उनलाई भेन्टिलेटरमा राखिएको छ।
नर्भिक अस्पतालले बोगटीको चिकित्सा अवस्था अत्यन्तै गम्भीर रहेको उनको जनाएको छ। उनलाई कृत्रिम श्वास