काठमाडौं, भाद्र ३० । हृदयघातबाट सोमबार बिहान निधन भएका एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बोगटीका छोरीहरु प्रतिभा र प्रभाले दागबत्ति दिएका थिए ।
बोगटीप्रति सशस्त्र प्रहरीको एउटा टुकडीले अन्तिम सलामी दिएको थियो भने त्यसअघि एमाओवादी अध्यक्ष दाहालले पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए ।
त्यसअघि बोगटीको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि खुलामञ्चमा राखिएको थियो । खुलामञ्चमा एमाले नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, माओवादीका नेता तथा कार्यकर्ताले बोगटीप्रति श्रद्धान्जली व्यक्त गरेका थिए ।
त्यसअघि आजै नर्भिक अस्पतालबाट बोगटीको पार्थिव शरीर श्रद्धान्जलीका लागि एमाओवादी मुख्यालय कोटेश्वर लगिएको थियो । जहाँ पार्टीका नेता तथा कार्यकर्ता, नेकपा