नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले पार्टीको विधान अनुसार ६ जना सदस्यलाई केन्द्रीय सदस्य र बाँकी ६ जनालाई आमन्त्रीत केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
पार्टीको विधान अनुसार केन्द्रीय कार्यसमितिको कार्यकाल सकिन ६ दिन अघि सभापति कोइरालाले केन्द्रीय समितिमा अधिकांश पूर्व विद्यार्थी नेताहरुलाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन।
प्रधानमन्त्री एवम् सभापति कोइरालाल आइतबार राती साढे ११ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार तीन जना पूर्व विद्यार्थी नेताहरु गोविन्द भट्टराई, गुरु घिमिरे र प्रदिप पौडेलका साथै कांग्रेस कार्यकर्ता दिनबन्धु श्रेष्ठ र श्याम घिमिरेलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
त्यसैगरी दलित कोटामा पूर्वराजा ज्ञानेन्द्रको प्रत्येक्ष शासनकालमा गृहराज्यमन्त्री समेत बनेका कञ्चनपुरका प्रतापराम लोहारलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
पार्टीको विधान अनुसार सभापति कोइरालाले अरु ३ जना पूर्व विद्यार्थी नेताहरु महेन्द्र शर्मा, केशव सिंह र कल्याण गुरुङका साथै यज्ञराज जोशी, दिलकुमारी राई र भोला चौधरीलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
आफ्नै खेमाका कतिपय केन्द्रीय सदस्यहरुले समेत पार्टी सञ्चालनसँगै सरकारको सञ्चालनमा आलोचना गर्दै विरोधमा उत्रनेक्रम बढेपछि सभापति कोइरालाले आफूनिकट युवा नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेका हुन। यिनीहरुमध्ये पूर्व विद्यार्थी नेताहरु भट्टराई र पौडेल १२ महाधिवेशनमा केन्द्रीय सदस्य पदको निर्वाचनमा पराजित भएका थिए।
पार्टीको विधान अनुसार कोइरालाले अझै पनि पार्टीका अधिकांश विभागहरु गठन गर्न बाँकी नै रहेको छ। SETOPATI