अर्घाखाँचीको देउराली यातायात व्यावसायी समितिको अध्यक्षमा योगेन्द्र खड्का विजयी

सन्धिखर्क,  अर्घाखाँची – देउराली यातायात व्यावसायी समितिको अध्यक्षमा योगेन्द्र खड्का विजयी भएका छन । सातौं अधिवेशनमा भएको निर्वाचनमा एमाले निकटका खडकाले ५९ मत ल्याएर विजय भएका छन । उनका प्रतिद्धन्द्धी युवराज खत्रीले ५१ मत ल्याएका थिए ।

 

त्यस्तै बरिष्ठ उपाध्यक्षमा बाम प्यानलका शिब अधिकारी ७४ मतका साथ विजयी बनेका थिए भने उनका प्रतिद्वन्दी अशोक श्रेष्ठले ३१ मत प्राप्त गरेका छन् ।  उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ ७० मतका साथ र खगेश्वर बन्जाडे ५६ मतका साथ बिजयी बनेका छन् भने विश्वराज भण्डारी २९ मतका साथ पराजित भएका छन् ।



त्यसैगरी महासचिवमा पनि बाम प्यानलका नै विजय भएका छन् । जस अनुसार प्रेम पाण्डे ५१ मतका साथ विजयी बनेका छन् । भने उनका प्रतिद्वन्दीहरु विष्णु बस्नेत ३४ र कृष्ण प्रसाद श्रेष्ठ १९ मतका साथ पराजित भएका छन् । त्यस्तै सचिवमा बाम प्यानलकै विष्णु प्रसाद पन्थी ७१ मतका साथ र कोषाध्यषमा ६८ मतका साथ बाम प्यानलकै गोविन्द बन्जाडे निर्वचित भएका छन् ।



त्यस्तै सदस्यहरुमा क्रमश शिव बहादुर खत्री ७३ मत, नारायण गैरे ६७ मत, मान बहादुर बुढा मगर ६५ मत, दधिराम आचार्य ६५ मत, प्रकाश पि.सी. ६४ मत, रेशम प्रसाद भुसाल ६२ मत, बामदेब गैरे ५८ मत, कृष्ण प्रसाद बन्जाडे ५६ मत, केयर सिंह खनाल ५५ मत, भुवानन्द बन्जाडे ५४ मत, बेदराज घिमिरे ५३ मत, प्रकाश भाट ४५ र डम्वर श्रेष्ठ ४९ मतका साथ विजयी बनेका छन् ।  त्यसैगरी सदस्यमा निर्वाचित केयर सिंह खनाल, प्रकाश पिसी र डम्बर श्रेष्ठमात्र प्रजातान्त्रिक प्यानलबाट निर्वाचित भएका हुन् ।



गत शनिवारबाट शुरु भएको अधिवेशनमा सहमती हुन नसकेपछि दलीय सठबन्धनमा चुनाव भएको हो ।

अन्य समाचारहरु