अफ्रिकाबाट युरोप जान हिडेका आप्रावासीहरु चढेको डुंगा माल्टा नजिक दुर्घटनाग्रस्त हुँदा ५ सय जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा सुडान, लिबिया, ईजिप्ट र मध्यपुर्वको प्यालेस्टाईनका नागरिक रहेका छन् ।
मानव ओसारपसारमा संलग्न तस्कारहरुले नियतबश डुंगा डुबाएको दुर्घटनामा परेर पनि बाँचेका दुई आप्रवासी कामदारलाई उद्दृत गर्दै अन्र्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम) ले जनाएको छ ।
ठुलो डुंगामा सवार यात्रुहरुलाई सानो र तुलनात्मक रुपले असुरक्षित डुंगामा जान गरेको आग्रह आप्रवासीले अस्वीकार गरेपछि तस्कहरहरुले अर्को डुंगामा ठोक्काएर दुर्घटना गराएका हुन् ।
उता लिबियामा पनि डुंगा दुर्घटना हुँदा २ सय ५० जनाको ज्यान गएको आशंका गरिएको छ । लिबियाका जलसेना प्रमुख अयुव कासिनका अनुसार लिबियाको तजुरा शहरबाट आप्राबासीहरु चढेको डुंगा चट्टानमा ठोक्किंदा दुर्घटना भएको हो ।
घटनामा ३६ जना बचेका छन् । दुर्घटनाबारे छानविन जारी छ । लिबियामा ब्याप्त राजनैतिक अस्थीरताका कारण सयौं नागरिक आप्रावासीका रुपमा अन्यत्र पलायन हुने क्रम जारी छ । AGENCIES