“असभ्य र सभ्य”

बाबु रोका मगर  
असुरकोट-९,जोगिटारी,अर्घाखाँची 
पहिले मान्छे असभ्य थिए सिङान पोछी बाहिर फ्याक्दथे 
अहिले मान्छे सभ्य भए सिङान पोछी खल्ती भित्र राख्दछन |
पहिले मान्छे असभ्य थिए दिशा,पिसाब खुल्ला मैदानमा गर्दथे
अहिले मान्छे सभ्य भए दिशा,पिसाब घर भित्र गर्ने गर्दछन |
पहिले मान्छे असभ्य थिए पुरै शरीर ढाकेर हिड्दथे
अहिले मान्छे असभ्य भए आधा शरीर देखाएर हिड्दछन |
पहिले मान्छे असभ्य थिए बोल्न पनि लजाउने गर्दथे 
अहिले मान्छे सभ्य भए लाजै नमानी छाडा बोल्दछन |