स्याङ्जामा प्रहरी र स्थानीयबीच झडप, स्थिति तनावपूर्ण

स्याङ्जा, भाद्र ३१ । स्याङ्जाको ठूलाहिडी-९ स्थित जनता उच्च माविमा प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद बढेपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक दर्जन घाइते भएका छन् । जिल्ला शिक्षा कार्यालयमा बिहान ११ बजेदेखि धर्ना दिएका विद्यालयका अभिभावक र शिक्षकहरुमाथि प्रहरीले लाठीचार्ज गर्दा स्थिति तनावपूर्ण भएको हो ।
जिल्ला शिक्षा कार्यालयमा बढेको विवाद नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
ठूलाडिही गाविसस्थित जनता उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यापक खुम रानालाइ हटाएर चिरञ्जीवी लम्साललाई नियुक्त गरेको र जिल्ला शिक्षा कार्यालयले जबर्जस्ती विद्यालय व्यवस्थापन समिति गठन गरेको विरोधमा शिक्षा कार्यालय घेराउ गर्न गएका अभिभावक र प्रहरीले लाठीचार्ज गरेपछि एक दर्जन बढी शिक्षक, विद्यार्थी र अभिभावक घाइते भएका बताइएको छ । IMAGEKHABAR