काठमाडौं, आश्विन २ । लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरुले बिहीबार पूर्णता पाएका छन।
ती निकायमा पदाधिकारीको सिफारिस गर्न प्रधानमन्त्री सुशील कोइरालाले आज संवैधानिक परिषद्को बैठक गरेका हुन।
राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगमा प्रमुख र आयुक्तहरु रिक्त छन् ।ती निकायमा नियुक्तिका लागि प्रमुख दलबीच सहमति जुटिसकेको बताइएको छ ।
मानव अधिकार आयोगमा अध्यक्षसहित ५ पदाधिकारी रिक्त छन् । आयोगको अध्यक्ष हुन सर्बोच्च अदालतको प्रधान न्यायाधीस वा न्यायाधीस भइसकेको व्यक्ति हुनु पर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ आयुक्त खाली छन् । त्यस्तै लोकसेवा आयोगमा पनि केही सदस्य रिक्त छन् ।
यसैबीच, प्रधानमन्त्री कोइरालाले मन्त्रीपरिषद्मा केही सदस्य थप गर्ने तयारी गर्नु भएको छ । सम्भवतः कांग्रेस र एमालेबाट आजै रिक्त रहेका मन्त्रीहरु थपिने बालुवाटार सूत्रले जनाएको छ । IMAGEKHABAR