एमाओवादी अर्घाखाँचीद्धारा बोगटीको श्रद्धाञ्जली सभामा कोईराला र ओलीको चिन्ता

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची ।  एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको श्रद्धाञ्जली सभामा सबै पाटीका नेता थिए । बोगटीको योगदानको चर्चा सबैले गरे । उनको अभाव संविधान लेखनमा खडकिने छ । सभामा विरामी नेता सुशिल कोईराला र केपी ओली प्रति सबै चिन्तित र भावुक भए । यति ठुलो योगदान गरेर ल्याएको गणतन्त्र संस्थागत गर्न र संविधान लेख्न सबै नेता बाच्नुपर्छ ।

 



 

प्रधानमन्त्री कोईराला, एमाले अध्यक्ष ओली विरामी छन, एमाओवादी अध्यक्ष चन्द्रबहादुर खड्काले भने, उपचारको लागि करोडौ रुपैया खर्च भएपनि सरकारले गर्नुैपर्छ, अकास्मिक अरु जो नेता विरामी भएपनि विकासे बजेट खर्च गरेर भएपनि बचाउनुपर्छ ।अहिले गिरिजाप्रसाद कोईरालाको अभाव खडकिएको छ । यदि नेता रहेनन् भने संविधान बन्न सक्दैन, उनले भने, नेता रहे देश र जनता रहन्छन् राम्रो संविधान बन्छ, उत्पादन र आर्थिक क्रान्ति कसरी गर्न भन्ने संविधानमा लेखियो भने राज्य कोषमा पैसा जम्मा भैहाल्छ । संविधान लेख्ने नेताको स्वास्थ्य ठीक भए भोली दुर दराजका वस्तीमा रहेका जनतालाई निशुल्क स्वस्थ्य सेवा, विकास निर्मँण, रोजगार लगायतका सुविधा दिने र देशलाई सम्पन्नशाली बनाउन सकिन्छ । 



समाजिक सञ्जाल र अन्य ठाउ

अन्य समाचारहरु