समय अनुसार अर्घाखाँचीको जेठो पाणिनी क्याम्पस लाई रुपान्तरण गरेर लैजानु पर्ने

शोभाखर पन्थी



सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको जेठो क्याम्पस पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कको २६ औं वार्षिक उत्सव तथा चौथो साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्ने वत्ताहरुले पाणिनी बहुमुखी क्याम्पस जिल्लाको ज्योती भएको बताएका छन् । आर्थिक अभावका कारण उच्च शिक्षा पढ्नबाट बञ्चित विद्यार्थीहरुका निम्ति क्याम्पस सञ्जिवनि भएको बताउँदै ,वक्ताहरुले समय अनुसार क्यापस लाई रुपान्तरण गरेर लैजानु पर्नेमा जोड दिए ।

 



 

कार्यक्रममा मन्तव्य राख्दै ,प्रमुख जिल्ला अधिकारी ज्ञान प्रकाश ढकाल र स्थानीय विकास अधिकारी हेमराज भुसालले शैक्षिक विकास विना मुलुकको विकास सम्भव नभएको बताउँदै, जिल्लामा दक्ष जनशक्ति उत्पादन गर्न क्याम्पसले पु-याएको योगदान प्रशंसनिय रहेको बताउनु भयो । 



पाणिनी बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र शिक्षक सहायक मञ्जु घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष जीवनारायण कोईराला, एनेकपा माओवादीका केन्द्रीय सल्लाहाकार राजु नेपाली, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सागर के.सी., राप्रपाका जिल्ला अध्यक्ष देवी बहादुर खड्का, नेकपा माओवादीका गोविन्द खनाल, सहायक जिल्ला शिक्षा अधिकारी नरेन्द्र बेल्वासे लगायतले मन्तव्य राख्दै क्याम्पसको भौतिक सुधार र शैक्षिक गुणस्तर वृद्धिको लागि विशेष योजनाका साथ अघि बढ्नु पर्ने बताउनु भयो । 

 


 

कार्यक्रममा ज्योति बहुमुखी क्याम्पसका प्रतिनिधि बिष्णु प्रसाद भट्टराई, पाणिनी बहुमुखी क्यापसका पुर्व स्ववियु सभापति राम बहादुर चौहान, नेपाल विद्यार्थी संघका तुल्सीराम पौडेल, अनेरास्ववियुका प्रदीप भुसाल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रदीप परियार, अखिल छैठौका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतले मन्तव्य राख्दै, व्यवसायिक तथा प्राविधिक शिक्षाको पक्षको जोड दिनुभयो ।कार्यक्रममा क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीले आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

 



 

साधारण सभाले नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा सञ्चालक समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा सागर के.सी., सदस्यमा बिष्णु प्रसाद खनाल मुस्कान, जनार्दन खनाल, चन्द्र बहादुर खड्का उज्ज्वल, भेषराज भुसाल, देवी बहादुर खड्का, युवराज श्रेष्ठ, ईश्वरा पोख्रेल, अशोक कुमार खनाल, खड्क बहादुर दर्नाल, रामलाल पराजुली, ऋषब अधिकारी, लक्ष्मी श्रेष्ठ, कमला खनाल, छम कुमारी खनाल, ईन्द्र बहादुर श्रेष्ठ र हुम प्रसाद बञ्जाडे लाई निर्वाचित गरेको छ । 

 

यसैवीच साधारण सभामा क्याम्पसका गरिब, जेहेन्दार ,दलीत, शहीद परिवार, अपाङ्ग गरी ६२ जना विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको छ । २०४५ सालमा स्थापना भएको क्याम्पसमा हाल कक्षा ११, १२सहित स्नातक र स्नाकोत्तर तहमा गरी झण्डै एक हजार विद्यार्थी अध्ययनरत छन् । 

अन्य समाचारहरु