एमाले नेतृ सहाना प्रधानको निधनबाट शोकग्रस्त प्रधान परिवारमा अर्को विपद आइपरेको छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका साहिँला भाई एवं नेतृ प्रधानका देवर गौरीलाल श्रेष्ठका नाति जेनिशको मरुटोलस्थित उनकै घरको छतबाट खसेर घाइते भएका थिए।
एमाले केन्द्रीय सदस्य सूर्य थापाका अनुसार, शोकमा डुवेका परिवारका सदस्यहरु अरु नै काममा व्यस्थ रहेको बेला करिब तीन वर्षिय जेनिशको छतबाट खसेको थाहा पाएपछि परिवारका सदस्यले उपचारका लागि बीर अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो।
दुर्घटनामा परि मृत्यु भएका बालकको पनि उनकै हजुरआमा प्रधानसँगै पशुपति आर्यघाटमा मंगलबार अपरान्ह अन्त्यष्टि गरिएको छ। SETOPATI