मानवसेवा आश्रमद्वारा ५ जानाको उद्धार

मानवसेवा आश्रम चितवन, असोज ०७, २०७१
विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा कष्टकर जीवनयापन गर्न विवश व्यक्तिहरुको सेवा गर्ने अभिष्टका साथ सर्वोत्कृष्ट जीवन ः शाश्वत चिनतन (साँचो जीवननिर्माण अभियान) द्वारा सञ्चालित मानवसेवा आश्रमले थप ५ जानालाई अति कष्टकर अवस्थाबाट उद्वार गरेको छ । विगत लामो समयदेखि भरतपुर-१२, गडेशस्थान मन्दिरको पेटीमा मागेर गुजारा चलाउदै आएका  ७० बर्षिय वृद्ध उमेश यादव, उनका ३१ व्र्षिय श्रीमती मनसुवा यादव र २ वर्षे छोरा , १० र ६ वर्षिय दुई छोरी सहित ५ जानाको परिवारलाइ मानवसेवा आश्रमको चितवन शाखाले उद्धार गरेको हो । केहि समय अघाडी सम्म दाउरा बेचेर गुजारा चलाउने गरेको भएपनि  शरिर कमजोर भएर काम गर्न नसक्ने भएपछि करिव आठ महिनादेखि भगवानको सरणमा परेको बृद्ध उमेश यादवले बताउनु भयो ।
 आश्रमले  हाल उमेश र उनकी धर्मपत्नीलार्इृ उपचारको क्रममा चितवन मेडीकल कलेजमा राखेको छ भने छोरा छोरी मानवसेवा आश्रम चितवन शाखामा छन् । डा. गोविन्द कडेले अनुसार दुवै जानालाई टि.भी. भएको हुनसक्ने बताउनु भयो । उपचारको क्रममा लाग्ने सम्पुर्ण रकम अस्पतालले नै बेहोर्ने चितवन मेडीकल कलेजका हस्पिटल  डिरेक्टर डा.दयाराम दाहालले जानकारी दिनुभयो । हाल मानवसेवा आश्रम चितवन शाखामा ६ जानाले  र  हेटौंडा शाखामा ४६ जानाले सेवा लिइरहनु भएको छ ।
 यसैगरी ३८ लानालार्इृ उपचारात्मक सेवा पश्चात परिवार खोजी परिवारमा पुर्नमिलन गराउन सफल भएको मानवसेवा आश्रमको सञ्चालक संस्था सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन (साँचो जीवननिर्माणको अभियान)का अभियन्ता तथा प्रशिक्षक शुशिला केसी (रुपा)ले जानकारी दिनुभयो ।