धनकुटा, आश्विन ८ । दशैं, तिहारलाई मध्य नजर गरी कोशी पहाडी क्षेत्रमा एक दर्जन बढी सवारी साधन थप गरिएको छ । कोशी राजमार्ग अन्र्तरगत धरानबाट धनकुटा हुंदै तेह्रथुम, भोजपुर तथा संखुवासभाका लागि गुड्ने सवारी साधन थप गरिएको हो ।
दैनिक ४४ वटा बस सञ्चालन हुदै आएको सो क्षेत्रमा हाल ५८ वटा बस सञ्चालनमा ल्याईएको छ । त्यस्तै सोहि रुटमा दैनिक तीन दर्जन भन्दा बढि माईक्रोबस तथा दुई दर्जनको हाराहारीमा ट्याक्सी समेत सञ्चालन हुंदै आएका छन् ।
थप आधा दर्जन माईक्रोबस समेत थप्ने तयारी गरिएको जनाईएको छ । दशंै तथा तिहारमा तराईका जिल्ला तथा काठमाडांैबाट पहाडी क्षेत्रमा आबतजाबत गर्ने ब्यक्तिको संख्यामा बृद्धि हुने भएकाले सुरक्षित यात्राका लागि सवारी साधन थप गरिएको धनकुटा यातायात ब्यवसायी संघका उपाध्याक्ष ज्ञान बहादुर कट्वालले जानकारी दिए । IMAGEKHABAR