अर्घाखाँचीमा सुकुम्बासीको पहिचान गर्न समितिको काम सुरु

 प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १० असोज । सुकुम्बासी समस्या समाधान जिल्ला समिति अर्घाखाँचीले जिल्लामा आफ्नो  काम सुरु गरेको छ । 
असोज १० गते दखि २५ गते सम्म सुचना प्रबाह गर्ने, सुचना टास गर्ने, र समितिले काम सुरु गरेको जानकारी गराउन सुरु गरेको छ । आज देखि स्थानीय रेडियो तथा सम्बन्धित क्षेत्र तथा कार्यलयमा सुचना टास गर्न तथा प्रसारण गर्न सुरु गरेको छ । 
   २६ गते देखि ३५ दिन सम्म निबेदन दर्ता गर्ने र ३५ दिन पछि परेका निबेदनको काम कारबाहीको बारेमा छानबिन प्रकृया तथा कानुनी कारबाही अगाडी बढाइने  पत्रकार सम्मेलनको आयोजना गरि सुकुम्बासी समस्या समाधान जिल्ला समिति अर्घाखाँचीका अध्यक्ष रामजीप्रसाद घिमिरेले बताउनु भयो । 
    पत्रकार सम्मेलन जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेको अध्यक्षता, सदस्य सरोज भुसालको स्वागत मन्तब्य र भोजबहादुर गन्धर्बको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु