काठमाडौं, आश्विन ११ । पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरसका कारण मर्नेको संख्या ३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार इबोला संक्रमणका कारण ६५ सय भन्दा बढी मानिस प्रभावित भएका छन् ।
३ सय ७५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने २ सय ११ जना इबोला संक्रमित पाइएको छ । इबोलाबाट सबैभन्दा बढी प्रभावित लाइबेरियामा मर्नेको संख्या १८ सय ३० पुगेको छ ।
नोभेम्बरसम्म रोग संक्रमितको संख्या २० हजार नाघ्ने अनुमान गरिएको छ । गिनीबाट फैलिएको यस महामारी नियन्त्रणका लागि सियरालियोनले ३ दिने कफ्र्यू समेत लगाइसकेको छ ।
अमेरिकाले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आफ्ना ३ हजार सैनिक लाइबेरिया पठाएको छ । मानिसबाट मानिसमा समेत सर्ने इबोलाको हालसम्म कुनै पनि उपचार पद्धति वा खोप बनिसकेको छैन । (एजेन्सी)