काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दसैंमा शुभेक्षुक तथा समर्थकलाई टीका नलगाइदिने भएका छन् ।
चिकित्सकहरुले आराम गर्न सल्लाह दिएकाले अष्ठमीमा शक्ति पीठहरुको दर्शन् र विजया दशमीका दिन टीका लगाउने कार्यक्रम स्थगित गरिएको उनका निजी सचिव फणिराज पाठकले जनाएका छन् ।
यसअघिका वर्षहरुमा पूर्वराजा ज्ञानेन्द्रले शुभेक्षुक तथा समर्थकलाई टीका लगाइदिने गरेका थिए ।
स्रोत: नेपाली संचारमाध्यम