हङकङमा अधिक स्वतन्त्रताको माग गर्नेमाथि प्रहरीले खुर्सानीको धुलो मिसिएको पानी र अश्रुग्याँस प्रहार

हङकङमा अधिक स्वतन्त्रताको माग गर्नेमाथि प्रहरीले खुर्सानीको धुलो मिसिएको पानी र अश्रुग्याँस प्रहार गरेका छन् । सरकारी आदेश अवज्ञा गर्दै सडक र सरकारी भवनहरुमा रहेका दर्जनौं प्रदर्शनकारी गिरफ्तार गरिएका छन् ।
करीब एक हप्तादेखि पूर्ण प्रजातन्त्रको माग गर्र्दै प्रदर्शन उत्रेकाहरुका कारण त्यहाको व्यवस्था अस्तव्यस्त भएको छ । आगामी सन् २०१७ मा हङकङमा हुने निर्वाचनमा कुन उम्मेदवारले भाग लिने भन्ने विषय हङकङकै बासिन्दाले तय गर्न पाउनुपर्ने माग उनीहरुको छ ।
चीनले उम्मेदवार तोक्ने प्रथा अन्त्य गर्नुपर्ने माग उनीहरुको छ । अहिलेसम्म चीन सरकारले बनाउने एक कमिटीले नै कुन उम्मेदवारले भाग लिन पाउने भन्ने निर्णय गर्दछ । प्रदर्शनकारीले पूर्ण प्रजातान्त्रिक निर्वाचनको माग गरिरहे पनि चीन सरकारले मागको सुनुवाई गरेको छैन ।
उल्टै, चीनका साथै हङकङका मूख्य कार्यकारी सी वाई लेउँगले प्रदर्शनलाई गैरकानूनी भन्दै चुनाव निर्धारित कानून अनुरुपै हुने जनाएका छन् । यसअघि सीले प्रदर्शनकारीलाई वार्ताका बस्न आह्वान गरेका थिए ।
चीनले सन् २०१७ बाट हङकङको नेता, प्रमुख कार्यकारी प्रत्यक्ष चुनावबाट छान्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर गत अगष्टमा मात्रै मनोनित कमिटीले तयार पारेको दुई वा तीन जनाको नामबाट मतदाताले एक जना मात्रै छान्न पाउने नियम लागु गरिएको थियो । हङकङमा कसरी नेतृत्व छान्ने भन्ने विषयमा केही महिना यता प्रजातन्त्र समर्थक र बेइजिङ समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् ।
यता हङकङका प्रमुख कार्यकारी प्रमुख सी वाई लेउङले पूर्ण प्रजातन्त्र समर्थित प्रदर्शनकारीलाई वार्ताका बस्न आग्रह गरेका छन् । लेउङले गैरकानुनी प्रदर्शनमा भाग नलिन समेत स्थानियलाई आह्वान गरेका छन् ।
आन्दोलन शुरु भएयता आफ्नो पहिलो सम्बोधनमा हङकङका कार्यकारीले सन् २०१७ को निर्वाचन भने पूर्व निर्धारित योजना अनुसार नै हुने स्पष्ट पारे ।  आन्दोलनकारीहरुले भने राजनीतिक सुधारको मागलाई लेउङले सम्बोधन गर्न असफल भएको जनाएका छन् । Agencies