काठमाडौं, आश्विन २१ । दशैंको बेलामा हेलो सरकारमा ७३ वटा गुनासो परेका छन् । असोज १५ देखि २० गतेसम्म ६ दिनको अवधिमा ७३ वटा गुनासो परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।
आधारभूत सेवा, अत्यावश्यक आवश्यकता, यातायातका समस्या, चाडपर्वमा बिना सूचना सेवा बन्द गरिएका जस्ता साझा गुनासाहरु यस अवधिमा प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
दशैंको बिदाको बेलामा पनि २४सै घण्टा हेलो सरकार खुला रहेको कार्यालयले मंगलबार जारी विज्ञप्तीमा जनाएको छ । IMAGEKHABAR