काठमाडौं, आश्विन २७ । राजनीतिक दलहरुबीच नागरिकता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको विषयमा कायम रहेको विमति समाप्त भएको छ ।
आज बसेको संबैधानिक राजनीतिक संबाद एवम सहमति समितिको बैठकमा नयाँ संविधान जारी भएको एक महिनाभित्र अहिलेकै ब्यवस्थापिका संसदले नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी सहमति भएको समिति सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।
त्यस्तै बंशज, जन्मसिद्ध र अंगिकृत लगायतका नागरिकता दिन यसअघि नै भएको भनिएको सहमतिलाई पनि बैठकले अनुमोदन गरेको छ । भट्टराईका अनुसार आज लगातार छलफल गरेर अन्य विमतिका विषयहरुमा समेत सहमतिको प्रयास गरिने छ । IMAGEKHABAR