प्रेमनारायण आचार्य
अर्घाखाँची १ कात्तिक । नेपाली काग्रेसको आयोजनामा अन्तरक्रिया तथा कार्यक्रता भेटघाट कार्यक्रम किमडाडामा आज सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसको पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री काग्रेस नेता रेवती प्रसाद भुसालले देसमा समयमै संबिधान निर्माण गर्नका लागि सबै दलले राजनितिक स्वार्थ भन्दा माथी उठेर काम गर्नु पर्ने बताउनु भयो ।
नेता रेवती भुसालले देशमा कृषि र पर्यटनको माध्यमबाट आर्थिक क्रान्ती गरेर देसलाइ आर्थिक सम्पन्नतामा लैजान र बिदेसिएका युबाहरुलाइ स्वदेसमै रोजगारीको सृजना गर्न सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले अर्घाखाँचीको बिकास निर्माणमा नेपालि काग्रेसको भुमिका प्रमुख रहेको बताउदै नेपाली काग्रेसको नेतृत्वमा नै देसमा संबिधान जारी हुने बताउनु भयो ।
नेपाली काग्रेसका जिल्ला सचिब अधिबक्ता बासुदेब आचार्यले अहिलेको प्रमुख काम भनेकोनै संबिधान निर्माण भएकाले संबिधान निर्माण गर्न सबै लाग्नु पर्ने बताउदै संबिधान निर्माण पछि सबै नेपालीको भाबनाको कदर हुने बताउनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै नेपालि काग्रेसका जिल्ला सदस्य तथा महाधीबेसन प्रतिनिधि बिष्णुप्रसाद खनाल मुस्कानले सबै दल मिलेर तोकिएको मितिमा संबिधान जारी गर्नुको बिकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सदस्य केसबराज कुवर, धर्मराज भुसाल, महाधिबेसन प्रतिनिधि महमद सफर मिया, नेपाल तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनाल, लगायतले मन्तब्य राख्नु भएका थियो ।
नेपालि काग्रेस किमडाडाका सभापति हुमप्रसाद बन्जाडेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा काग्रेस किमडाडाका नेताहरु धर्मराज भुसाल, यमप्रसाद भुसाल, महिला नेतृ जानका बन्जाडे, स्थानीय नेताहरु ज्ञानेन्द्र थापा, नारायण मरासिनी, तेजुराम पराजुली, कासी सापकोटा, नारायण पौडेल, गोपाल पौडेल, बिष्णु भुसाल, माधब पौडे, कृष्ण मरासिनी, सुदीप मरासिनी, बलबहादुर थापा , पार्बता नेपाली, तिलक भुसाल , गंगाराम भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाली काग्रेस किमडाडाका सभापति हुम प्रसाद बन्जाडेको सभापतित्व, सचिब कमल भुसालको सञ्चालन र उपसभापति कुलबहादुर क्षेत्रीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
यसै बिच आजै माधब बन्जाडेको अध्यक्षतामा १३ सदस्यीय नेपाल तरुण दल किमडाडाको समेत गठन गरिएको छ ।