प्रेमनारायण आचार्य
अर्घाखाँची २ कात्तिक । अर्घाखाँचीको अर्घामा नेपाली काग्रेसको आयोजनामा अन्तरक्रिया , कार्यक्रता भेटघाट तथा तरुण दल गाँउ कार्य समितिको अबिधेसन आज सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसको पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री काग्रेस नेता रेवती प्रसाद भुसालले अहिलेको प्रमुख काम भनेकोनै संबिधान निर्माण भएकाले संबिधान निर्माण गर्न सबै लाग्नु पर्ने बताउदै संबिधान निर्माण पछि सबै नेपालीको भाबनाको कदर हुने बताउनु भयो ।
नेता रेवती भुसालले देशमा कृषि र पर्यटनको माध्यमबाट आर्थिक क्रान्ती गरेर देसलाइ आर्थिक सम्पन्नतामा लैजान र बिदेसिएका युबाहरुलाइ स्वदेसमै रोजगारीको सृजना गर्न सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले देसमा समयमै संबिधान निर्माण गर्नका लागि सबै दलले राजनितिक स्वार्थ भन्दा माथी उठेर काम गर्नु पर्ने बताउनु भयो ।
नेपाली काग्रेसका जिल्ला सचिब अधिबक्ता बासुदेब आचार्यले अर्घाखाँचीको बिकास निर्माणमा नेपालि काग्रेसको भुमिका प्रमुख रहेको बताउदै नेपाली काग्रेसको नेतृत्वमा नै देसमा संबिधान जारी हुने बताउनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै नेपालि काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिकले सबै दल मिलेर तोकिएको मितिमा संबिधान जारी गर्नुको बिकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सदस्य केसबराज कुवर, गोपाल भुसाल, बाबुराम पौडेल, क्षेत्रीय कार्यबहाक सभापति केदारनाथ भुसाल, महाधिबेसन प्रतिनिधि महमद सफर मिया, नेपाल तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनाल नेपाल महिला संघकि जिल्ला अध्यक्ष राधा आचार्य, क्षेत्रीय प्रतिनिधि भेसबहादुर बिसी, काग्रेस अर्घाका उपसभापति उत्तमसिंह ठकुरी, नारायण चुँदाली, तरुण दल अर्घाका अध्यक्ष श्याम कुवर , किसान संघका अध्यक्ष भरतमणि पोख्रेल लगायतले मन्तब्य राख्नु भएका थियो ।
कार्यक्रम नेपाली काग्रेस अर्घाका सभापति झबिन्द्र खड्काको सभापतित्व, प्रेम आचार्यको सञ्चालन र नेत्र मरासिनीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
आजैै भएको तरुणहरुको भेलाले श्याम कुँवरको अध्यक्षतामा १३ सदस्यीय नेपाल तरुण दल अर्घाको गठन गरेको छ । जस्को बरिष्ठ उपाध्यक्षमा श्याम भुसाल, उपाधयक्ष प्रमोदजंग रायमाझि, सचिब तिलक आचार्य, सहसचिब कृष्ण भुसाल र कोषाध्यक्षमा केसब आचार्य रहेका छन ।
सदस्यहरुमा निर्मला खड्का, बिष्णु खनाल, रामबहादुर अधिकारी, कमला आचार्य, मानबहादुर बिक, हरिबहादुर खड्का, बिनोद बिसी, र कारन भुसाल रहेका छन ।
क्षेत्रीय प्रतिनिधिमा प्रेम आचार्य, पदम खत्री र कमला आचायलाइ चयन गरेको छ ।