हंसपुर र गोखुंगामा काङ्रेसको अन्तरक्रिया

प्रेमनारायण आचार्य
अर्घाखाँची ३ कात्तिक । अर्घाखाँचीको गोखुंगा र हंसपुरमा  नेपाली काग्रेसको आयोजनामा अन्तरक्रिया , कार्यक्रता भेटघाट आज सम्पन्न भएको छ । 
  कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसको पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री काग्रेस नेता रेवती प्रसाद भुसालले अहिलेको प्रमुख काम भनेकोनै संबिधान निर्माण भएकाले संबिधान निर्माण गर्न सबै लाग्नु पर्ने बताउदै संबिधान निर्माण पछि सबै नेपालीको भाबनाको कदर हुने बताउनु भयो ।
नेता रेवती भुसालले देसमा समयमै संबिधान निर्माण गर्नका लागि सबै दलले राजनितिक स्वार्थ भन्दा माथी उठेर काम गर्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा नेपालि काग्रेसका जिल्ला उपसभापति हरिहर आचार्यले नेपाली काग्रेसको नेतृत्वमा नै देसमा संबिधान जारी हुने बताउनु भयो ।
नेपाली काग्रेसका जिल्ला सचिब अधिबक्ता बासुदेब आचार्यले देशमा कृषि र पर्यटनको माध्यमबाट आर्थिक क्रान्ती गरेर देसलाइ आर्थिक सम्पन्नतामा लैजान र बिदेसिएका युबाहरुलाइ स्वदेसमै रोजगारीको सृजना गर्न सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।  
कार्यक्रममा मन्तब्य राख्दै नेपालि काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिकले सबै दल मिलेर तोकिएको मितिमा संबिधान जारी गर्नुको बिकल्प नभएको बताउनु भयो ।  
कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सदस्य केसबराज कुवर, धर्मराज भुसाल, बाबुराम पौडेल, क्षेत्रीय कार्यबहाक सभापति केदारनाथ भुसाल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनाल , नेबिसंघका जिल्ला सचिब कृष्ण भुसाल लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम नेपाली काग्रेस गोखुंगाका  सभापति गोकर्ण भुसालको सभापतित्वमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु