इन्डोनेसियामा जाको विडोडोद्धारा राष्ट्रपति पदको सपथ

इन्डोनेसियामा जाको विडोडोले राष्ट्रपति पदको सपथ लिएका छन् । गत जुलाईमा राष्ट्रपति पदमा निर्वाचित विडोडोलाई सोमबार राजधानी जाकार्ताको संसद भवनमा आयोजित एक समारोहबीच सपथग्रहण गराइएको हो ।
Related news
जाकार्ताका गभर्नर समेत रहेका ५३ वर्षीय विडोडो इन्डोनेसियामा जोकोबीका नामले प्रख्यात छन् ।
सन् १९६१ मा जन्मिएका विडोडो सन् २००५ मा इन्डोनेसियाको शोलो सहरका लागि मेयरमा निर्वाचित भएसँगै राजनीतिमा प्रवेश गरेका थिए ।
इन्डोनेसियाली जनतामाझ निकै नै लोकप्रिय विडोडोप्रति जनताले निकै ठूलो आशा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।