काठमाडौ, कार्तिक ३ – विद्युत प्राधिकरणले तिहारका बेला साँझ ५ देखि राती १० बजेसम्म उत्सव बत्ती नबाल्न र फ्रिज, एअर कण्डिसनर, आइरन, राइसकुकर प्रयोग नगर्न उपभोक्तालाई सूचित गर्दै अन्यथा विजुली काटिदिने चेतावनी दिएको छ ।
सांस्कृतिक पर्व तिहारमा परम्परागत रुपमा खेलिदै आएको देउसी भैलो यो बर्ष राती ७ बजेपछि खेल्न गृह मन्त्रालयले रोक लगाएकोमा चर्को विरोध भइरहँदा प्राधिकरणले पनि तिहारलाई लक्षित गरी विद्युत उपभोगमा नियन्त्रणकारी सूचना जारी गरेको हो ।
हाल मागका तुलनामा न्यून विद्युत उत्पादन भइरहेकाले तथा विगतमा उत्सव बत्तिले केन्द्रीय प्रसारण लाइनमा पटक पटक समस्या ल्याउने गरेकाले यसपाली तिहारमा साँझको समयमा त्यस्ता बत्ती नबाल्न तथा बढी विद्युत खपत हुने उपकरण प्रयोग नगर्न सूचित गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणद्धारा आज जारी सूचनामा भनिएको छ,