बहिर्गमित जनमुक्ति सेना नेपालले देउसीभैलो खेल्न प्रतिबन्ध लगाउने, बत्ती काट्ने जस्ता निर्णय तत्काल फिर्ता नलिए सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दिपावली जस्तो महान चाडमा बिजुली बत्ती काट्ने निर्णय गर्नु र देउसीभैलोको समयसिमा तोक्नु निन्दनीय कार्य भएको भन्दै तत्काल निर्णय फिर्ता लिन चेतावनी दिएको हो।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टको सभापतित्वमा आयोजित कार्यक्रममा योगी डा. अठोटानन्दले देउसीभैलो जस्तो साँस्कृतिक कार्यक्रमलाई प्रर्वद्धन गर्नुको सट्टा प्रतिबन्ध लगाउनु नेपाली सँस्कृतिमाथि ठाडो हस्तक्षेप भएको आरोप लगाएका छन्।
कार्यक्रम संयोजक लेनिन विष्टले सरकारको यस्तो निर्णय नेपालको कला, संस्कृति, ईतिहास, सभ्यता र परम्पराप्रतिको ठाडो हस्तक्षेप भएको टिप्पणी गरेका छन्। विष्टले सरकारले उक्त निर्णय तत्काल फिर्ता नलिए जनता यसको प्रतिकार उत्रने चेतावनी समेत दिएका छन्।
समाजसेवी पुष्कर गौतमले सरकारले तत्काल निर्णय फिर्ता गर्नुपर्ने भन्दै निर्णय फिर्ता नलिए आफूहरु नियम मान्न बाध्य नहुने बताए। सेतोपाटी