नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९९६ कात्तिक कृष्ण औंसीका दिन अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो ।
दश वर्षको उमेरबाट साहित्य रचना सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् । नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ ।
विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपाली भाषालाई नेपाल राज्यभर अनिवार्य विषयका रूपमा लागू गराउनु, त्रिभुवन विश्वविद्यालयलाई कीर्तिपुरमा जग्गाको व्यवस्थापन गर्नु र २०१४ साल असार ९ गते हालको नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उनका अविस्मरणीय योगदान मानिन्छ । SETOPATI