ओखलढुंगाको अंधेरी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १०

ओखलढुंगा, कार्तिक ९ । ओखलढुंगाको निशंखेबाट सदरमुकाम जाँदै गरेको जीप सिद्धिचरण नगरपालिका वडा नं १० अंधेरीस्थित नारायणस्थानमा दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ ।
८ जनाको घटनास्थलमा, एक जनाको उपचारका लागि लाने क्रममा बाटोमा र एक जनाको उपचारका क्रममा सामुदायिक अस्पताल ओखलढुंगामा मृत्यु भएको हो ।
justify;”>मृत्यु हुनेमा ओखलढुंगा ठूलाछापका मणिराम भट्टराई, चोलेन्द्र खत्री, सरिता खड्का, टिका बस्नेत, तेजबहादुर बस्नेत, उनकी श्रीमती रामप्यारी बस्नेत, जोहिनी भट्टराई र वाक्साका नविन कुमार राई रहेका छन् ।
त्यस्तै प्राप्चाका अप्सरा दाहालको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । जीपमा केटाकेटी बाहेक २४ जना सबार रहेको प्रहरीले जनाएको छ ।
जीपको सीट क्षमता भने १२ जनाको मात्र रहेको छ । कच्ची बाटोको भीरबाट जीप करीब दुईसय मिटर तल खसेको थियो । घाइतेहरुको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।
उता हराईरहेका भनिएको पार्वती खत्रीका दुई वर्षीय छोरा दीपेश खत्री मृत्त अवस्थामा उद्धार गरिएको गाडीको सिटमुनि फेला परेका छन् । दीपेशलाई घटनास्थलबाट उद्धार गरी अस्पताल पठाएको तर अस्पतालको रेकर्डमा नभेटीएकाले उनको दिनभर खोजी गरिएको थियो ।
पार्वतीको अवस्था भने चिन्ताजनक रहेको छ । जीप अंधेरीभीरको उकालोमा पिकअप लिन नसक्दा कच्ची बाटोमा चिप्लीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा जीप चालक पनि घाइते भएका छन् ।   imagkhabar