दिपावलीकै अवसर पारेर समयमै संविधान चाहियो भन्दै ६०१ दीप प्रज्ज्वलन

समयमै संविधान निर्माणका लागि नेताहरूलाई खबरदारी गर्न भन्दै हाम्रो फ्रेण्डशिप फोरम नेपालले दिप प्रज्वलन गरेको छ।
दिपावलीकै अवसर पारेर संस्थाले नयाँ नेपाल निर्माणका लागि संविधान अपरिहार्य भएको र नेताहरुले दलीय भागवण्डा र आपसी लेनदेनमा चोसोमोसो नमिलेका कारण तोकेको समयमा संविधान लागू गर्न नसक्ने देखिएको हुँदा खवरदारी स्वरुप युवाहरुले ६०१ दिप प्रज्वलन कार्यक्रम राखिएको संस्थाका अध्यक्ष यज्ञराज कार्कीले बताए।
कार्यक्रमलाई माइती नेपालकी अनुराधा कोइराला, कलाकार दीपकराज गिरी, बिपना बस्नेत, इन्सेकका सुबोध प्याकुरेल, भ्रस्टाचार बिरुद अभियानकर्ता सारदा भुसाल लगायत सभासदहरु वीरेन्द्र महतो, मोहन बस्नेत, अमृत बोहराले ऐक्यवद्धता जनाएका थिए।
एमाओवादिका नेता गणेशमान पुन, एस् एस् डि आर सिकि सबिता मैनाली, बाल विकास युवा सञ्जालकी स्मिता आचार्य लगाएत करिब ५०० जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रमका सामुहिक रूपमा ६०१ वटा दिप प्रज्वलन गरेका थिए।
संविधान बिना देश अध्यारो भयो हामीलाई संविधानको उज्यालो देउ भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रमको संयोजन हाम्रो फ्रेण्डशिप फोरम नेपाल र एस् एस् आर डि सिले गरेको थियो।  setopati