कार्तिक १६ । बुर्किना फासोको सेनाले इज्याक जिदालाई राष्ट्रपतिका रुपमा समर्थन गरेको जनाएको छ । सेनाले शनिबार वक्त्व्य निकालेर राष्ट्रपतीय सुरक्षा दस्ताका लेफ्टिनेन्ट कर्णेल जिदालाई समर्थन गरेको जनाएको हो ।
उक्त घोषणा संगै उक्त अफ्रिकी मुलुकको नेतृत्वबारे देखिएको अन्योल अन्त्य भएको ठानिएको छ । राष्ट्रपति ब्लेइज कम्पाओरे बाहिरिएपछि सुरुमा सेना प्रमुख अनरे ट्राओरेले आफू राष्ट्रप्रमुख भएको दावी गरेका थिए ।
समर्थनलगत्तै राष्ट्रपतीय सुरक्षा दस्ताका लेफ्टिनेन्ट कर्णेल आइज्याक जिदाले पनि आफू राष्ट्रप्रमुख भएको घोषणा गरेका थिए । त्यसले केही समय अन्योल उत्पन्न गरायो । तर अब राष्ट्रिय सेनाले आफ्ना प्रमुखलाई नभइ जिदालाई समर्थन गर्ने घोषणा गरेपछि उक्त अन्योल अन्त्य भएको ठानिएको छ । सेनाको उक्त घोषणालाई उसका सेना प्रमुखविरुद्धको विद्रोहका रुपमा हेरिएको छ ।
तर सेनाले जारी गरेको वक्त्व्यमा सेना प्रमुख ट्राओरेको पनि हस्ताक्षर रहेको जनाइएको छ । राष्ट्रपतीय सुरक्षा दस्ताको दोस्रो उच्चअधिकारी जिदाले गए राति टेलिभिजनमार्फत बुर्किना फासोमा सत्ता सम्हालेको घोषणा गरेका थिए ।
उनले भनेका थिए,