अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची कात्र्तिक १७ । न्यू होराइजन उच्च मावि वुटवलले रजत जयन्तीको अवसरमा लुम्बिनी अञ्चल स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । स्थापना कालदेखि जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको विद्यालयले रजत जयन्तीको अवसर पारेर अञ्चल स्तरीय हाजिरीजवाफ सञ्चालन गरेको हो । वोर्डिङ्गले जिल्लामा अर्घाखाँची आवसिय उच्च माविको प्राङगणमा हाजिरीजवाफ सम्पन्न गरेको छ ।
प्रतियोगितामा मालिका इङलिस वोर्डिङ्ग स्कुल ठूलापोखरा प्रथम, गौरीशंकर इङलिस वोर्डिङ्ग स्कुल सन्धिखर्क द्वितिय र सनराइस इङलिस वोर्डिङ्ग स्कुल डिभर्ना तृतिय भएका छन् । जिल्ला प्रथम हुने टिमलाई ५ हजार, द्वितियलाई ४ हजार तृतियलाई ३ हजार सहित शिल्ड, कप, प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । विद्यालयले कात्र्तिक १४ गते गुल्मीमा प्रतियोगिता सम्पन्न गरिसकेको छ । कात्र्तिक १९ गते कपिलवस्तु, २१ ग्ते पाल्पा, २३ गते नवलपरासी र २८ गते रुपन्देहीमा प्रगियोगिता हुने विद्यालयका शिक्षक धु्रव पन्थीले जानकारी दिए ।
जिल्ला प्रथम हुने टिमलाई अञ्चल स्तरीय हाजिरीजवाफमा सहभागि गराइने विद्यालयका उपप्रध्यापक वासुदेव अर्यालले बताए । उनले विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्नका लागि यो अभियान चलाएको बताए । अञ्चल स्तरीय प्रतियोगिता माघमा वुटवलमा हुने छ । अञ्चल प्रथम हुने टिमलाई २१ हजार, द्वितियलाई १५ हजार र तृतियलाई १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।