व्यावस्थापिका संसदमा ५ वटा बिद्येयकमाथी बिचार गरियोस भनि राखिएका प्रस्तावलाई पारित

काठमाडौं  । व्यावस्थापिका संसदले ५ वटा बिद्येयकमाथी बिचार गरियोस भनि राखिएका प्रस्तावलाई पारित गरेको छ । । व्यवस्थापिका संसदको आजको बैठकमा देवानी संहिता २०७१, देवानी कार्यविधि संहिता २०७१, अपराध संहिता २०७१,फौजदारी कार्यविधि संहिता २०७१, र फौजदारी कसुर विद्येयक २०७१ माथि बिचार गरियोस भन्ने प्रस्ताव पारित गरेको हो ।
बिद्येयकहरुलाई बिचार गरियोस भनि प्रस्ताव राख्ने क्रममा कानुनमन्त्री नरहरी आचार्यले मुलुकी ऐनलाइ ५ वटा बिद्येयकमा भाग लगाइएको बताए ।  छलफलमा भाग लिदै नेपाली कांग्रेसका सभासद रमेश लेखकले ५ वटा बिद्येयकले कानुनको बिशिष्टीकरण गरेको बताए ।
उनले बिद्येयकले कानुनको आधुनीकीकरण गरेको समेत बताए । एमाले सभासद अग्नी खरेलले मान्छेलाई सुधार्न सकिन्छ भन्दै यस्तो भएमा मात्रै समाज बन्छ भन्ने अबधारणाबाट बिद्येयक ल्याइएको बताए ।
एकीकृत माओवादीका सभासद रामनारायण बिडारीले समय अनुसार कानुनको परिमार्जन गर्न जरुरी भएको भन्दै पिडितलाई क्षतिपुर्ती दिने गरि कानुन बनाउनुपर्ने बताए । राप्रपा नेपालकी सभासद कुन्ती शाहीले इतिहासलाई कायम गर्नेगरी समय सापेक्ष कानुन बनाउनुपर्ने धारणा राखे ।
IMAGEKHABAR