आगामी मंसिरमा हुन लागेको सार्क शिखर सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको सुरक्षा व्यवस्था कडा

धादिङ, कार्तिक १९ । आगामी मंसिरमा हुन लागेको सार्क शिखर सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  देशका विभिन्न भागका साथै भारतबाट राजधानी प्रवेश गर्ने मूख्य राजमार्गबाट काठमाडौं प्रवेश गर्ने सबैखाले सवारी साधनहरुलाई विषेश निगरानीमा राखेर कडाइका साथ चेकजाँच थालिएको छ ।
साथै सवारी अनुमतिपत्रलगायत सवारीको कागजात समेत हेर्न थालिएको छ । यसैगरी, भारतबाट नेपाल आएका सवारी साधनहरुको अनुमतिपत्रलगायतका कुरा पनि हेर्न थालिएको गजुरीका प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।
राजधानीमा कुनै पनि अपराधिक गतिविधि नहोस् भनेर २४सै घन्टा चेकजाँच कडा पारिएको प्रहरीले बताएको छ । imagekhabar