२१ लाख ४० हजार घुस लिँदै गरेको अवस्थामा विमानस्थल भन्सारका नायव सुब्बा हरिवंश कार्की रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार साझ कार्कीसहित दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम कार्कीलाई पक्राउ गरेको हो ।
धुम्बाराहीस्थित मुनलाइट क्याफेमा बोलाएर घुस लिएको अवस्थामा अख्तियार टोलीले विशेष छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
थुनामा रहेकाहरुलाई छुटाइदिन्छु भन्दै भन्सार एजेन्टमार्फत घुस लिएको सूचनाका आधारमा अख्तियारको टोली धुम्बाराही पुगेको थियो ।
अबैध सुन तस्करी गर्दा पक्राउ परेकाहरुलाई छुटाइदिन्छु भन्दै कार्कीले घुस लिएको आरोप छ। अख्तियारका अधिकारीहरुका अनुसार अवैध सुन ल्याउँदा पक्राउ परेका झण्डै ८०/९० जना थुनामा छन्। SETOPATI