गणेशमान सिंहको ९९औं जन्मजयन्ती

काठमाडौं, कार्तिक २४ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर एवं सर्वमान्य नेता गणेशमान सिंहको ९९औं जन्मजयन्ती मनाइँदैछ । विक्रम सम्वत् १९७२ साल कार्तिक २४ गते जन्मिएका सिंह नेपाली प्रजातान्त्रिक आन्दोलनका स्मरणीय व्यक्तित्व हुन् ।
२०५४ साल आश्विन २ गते निधन भएका सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय थिए । लौहपुरुषका नामले चिनिने सिंहले नेपालमा प्रजातन्त्र स्थापना गर्न राणाकालदेखि नै कठोर संघर्ष गरेका थिए । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा वीपीसँगै थिए ।
राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको