काठमाडौं, कार्तिक २४ । व्यवस्थापिका संसदको चालु अधिवेशन आजबाट अन्त्य भएको छ । आइतबारको संसद बैठकमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेशनको अन्त्य भएको हो ।
गत जेष्ठ १६ गते सुरु भएको संसदको वर्षे अधिवेशन १ सय ६४ दिनसम्म चलेर अन्त्य भएको हो । यो अवधिमा ७१ दिनमा ७७ ओटा बैठक बसेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, अधिवेशन अवधिमा २० ओटा विद्येयकहरु दर्ता भएकामा ६ ओटा पारित भएको र १३ ओटा विद्येयकहरु दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।
यसअघि बैठकमा सांसदहरुले सार्क सम्मेलनलाई लक्षित गरेर सरकारले भौतिक संरचना निर्माण र सम्भारको कामलाई तीव्रता दिएपनि कतिपय ठाउँमा नियम