कपिलवस्तु, कार्तिक २६ । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द पक्षले कपिलवस्तुको शिवगढी जंगलमा दुईदिने राष्ट्रिय भेला आयोजना गरेको छ । पार्टी अध्यक्ष मोहन वैद्यको कार्यशैलीप्रति विमति जनाउँदै आएको चन्द पक्षको भूमिगत शैलीको भेलामा ४१ जिल्लाका प्रतिनिधि सहभागी रहेको बताइएको छ ।
भेलामा सचिव चन्द तथा पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु रहेका छन् ।
विहीबार (भोलि)सम्म चल्ने भेलामा सञ्चारकर्मीलाई समेत प्रवेश दिइएको छैन ।
भेलाले नयाँ पार्टी गठन वा छुट्टै कार्यनीति तय गर्ने सम्भावना रहेको स्रोतहरुले बताएका छन् । IMAEKHABAR