एनेकपा माओवादीका प्रचण्डविरुद्ध गाली वेइज्जती मुद्दा दायर गर्दै १ करोड क्षतिपूर्ति र हदैसम्मको कैद सजाय माग

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध गाली वेइज्जती मुद्दा दायर गर्दै १ करोड क्षतिपूर्ति र हदैसम्मको कैद सजाय माग भएको छ।
सोमबार दाङमा एमाले र कांग्रेसलाई गाली गलौज गरी अपमान गरेको जिकिर गर्दै नेपाली कांग्रेस इलामका सक्रिय सदस्य समिप घिमिरेले काठमाडौं जिल्ला अदालतमा दाहालविरूद्ध मुद्दा दर्ता गराएका हुन्।
निवेदनमा घिमिरेले मुद्दा गर्दा लाग्ने खर्च बापत ५० हजार रुपैँया पनि दाहालबाटै भराउनुपर्ने माग गरेका छन्।
दाङमा भएको पत्रकार भेटघाटका क्रममा दाहालले लात खाने बानी परेका कांग्रेस एमालेले बात मानेनन् भनेका थिए। दाहालको यो भनाईले अन्य राजनीतिक पार्टीलाई होच्याएको आरोप निवेदनमा लगाइएको छ। 
SETOPATI