नेपाल विद्यार्थी सङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन फेरि स्थगित भएको छ। सार्क सम्मेलनलाई कारण देखाउँदै अनिश्चित कालका लागि महाधिवेशन स्थगित भएको नेविसंघले जनाएको छ।
एघारौँ अधिवेशन छैठौंपटक स्थगित भइसकेको छ। यही कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्मका लागि महाधिवेशन तय गरिएको थियो। पार्टी पदाधिकारीको बैठकले नयाँ मिति तोक्नेगरी अहिलेलाई अघिवेशन स्थगित गर्ने निर्णय गरेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए।
सेतोपाटी