अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न. ५ वांगला मौलीपोखराका चार बर्ष आठ महिनाका बालक आशीस सुनार । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । एउटा साढे चार बर्षको बच्चाको तौल कति केजी हुन्छ होला हामि सबैले उक पटक अनुमान गरौ त । तपाइ हामी सबैले सहजै भन्न सक्छौ १२,१५ बढि भएमा १८ केजी । तर यो तपाइ हाम्रो अनुमान फेल हुने भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न. ५ वांगला मौलीपोखराका चार बर्ष आठ महिनाका बालक आशीस सुनार । उनको आमाको साथमा । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न.५ वागंला मौलीपोखरामा ४ बर्ष ८ महिनाको बच्चाको तौल ४० केजी रहेको छ । सुन्दा र भन्दा पनि अप्त्यारीलो लाग्ने तौल छ ति बच्चाको ।
बि.स. २०६६ साल फागुन २९ गते गुल्मीको रुरु गाविसमा जन्मिएर हाल वाङ्लाको मौलीपोखरा निवासी आशिस सुनारको बास्तबिक उमेर ४ बर्ष आठ महिना भएको छ । तर उनको तौल ४० केजी छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न. ५ वांगला मौलीपोखराका चार बर्ष आठ महिनाका बालक आशीस सुनार । उनको दाजुको साथमा । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
गुल्मीको रुरु गाविसमा बुबा गोकुल सुनार र आमा लक्ष्मी सुनारको कोखबाट २०६६ साल फागुन २९ गते जन्मिएका आशिस सुनारको जन्मदाको उमेर कति थियो भन्ने थाहा नभएको उनका बुबा गोकुल सुनारले बताए । घरमै सामान्य अबस्थामा प्रसुत भएकाले अन्दाजी ३ , सबा तीन केजीको बच्चा जन्मिएको बताउन्छन ।
तौल ४० केजी भए पनि उनी अस्वस्थ भने छैनन । हिड्डुल गर्ने, खाने कुराकानी गर्ने सबै गर्छन । पढ्नका लागि बिद्यालय जान नखोज्ने आशिसले खानामा बढि मासु खान मन पराउने उनकि आमा लक्ष्मीले बताइन ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न. ५ वांगला मौलीपोखराका चार बर्ष आठ महिनाका बालक आशीस सुनार । उनको दाजु र आमाको साथमा । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
मौलीपोखरामा सुनचादीका गहना बनाउने काम गरेर छोराछोरी र आफुहरुको जीबीकोपार्जन चलाउदै आएका गोकुल र लक्ष्मीका दुइ छोरा मध्ये आशिस कान्छो छोरा हुन । उनको दाजु आयुस सुनार ८ बर्षका छन । उनको तौल बढिमा २० केजी भएको उनका बुबाआमाहरु बताउन्छन ।
सामान्यतया ५ बर्षको बालकको तौल १५ देखि बढिमा २० बर्षको हुनुपेर्ने र ५ बर्षमा ४० केजी हुनु अस्वभाविक तौल भएको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारीले बताए । बिभिन्न हर्मोनका कारण यस्तो मोटोपन भएको बताए पनि उनी मोटो भए पनि कुनै रोगहरु नदेखिएको उनका आमाबुबाहरु बताउनछन ।