कपिलवस्तु, कार्तिक २७ । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द पक्षको भेला आफूहरुको दस्तावेजलाई पार्टीको केन्द्रीय समितिले अवलम्बन नगरेमा छुट्टै बाटो लिने निर्णय गर्दै समापन भएको छ ।
कपिलवस्तुको शिवगढी जंगलमा बुधबार र विहीबार भएको गोप्य भेलामा चन्दले पेश गरेको दस्तावेजमाथि छलफल भएको जनाइएको छ ।
पार्टी अध्यक्ष मोहन वैद्यलगायतको कार्यशैलीप्रति विमति जनाउंदै आएको चन्द पक्षको भेलामा ५० जिल्लाका करिब दुई सय प्रतिनिधि सहभागी भएको जनाइएको छ ।
भेलामा सचिव चन्द तथा पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले सहभागीहरुलाई प्रशिक्षण दिएको बुझिएको छ ।
IMAGEKHABAR