तेह्रथुम – एक किशोरीलाई सामुहिक बलत्कार गरेर फरार भएका ५ जना युवालाई बिहिबार राती प्रहरीले ताप्लेजुङबाट पक्राउ गरेको छ।
उनीहरु १५ वर्षिया किशोरीलाई सामुहिक बलत्कार गरी फरार थिए। पक्राउ पर्नेहरुमा मोराहाङका २२ बर्षीय कृष्ण कुमार लिम्बु, वर्ष १८ का मिलन लिम्बु , जीवन विक, गोविन्द सम्बाहाम्फे र बर्ष २० का सविन खापङ रहेका छन्।
विषेश सुराकीको आधारमा उनीहरुलाई ताप्लेजुङ देउलिङगे गाबिस ईलाका प्रहरी कार्यालय दोभानबाट गएको प्रहरीले बिहीबार राती १२ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी बिदुर गौतमले बताए।
पक्राउ परेकाहरु शनिबार सम्ममा जिल्ला प्रहरी कार्यालय तेह्रथुम आई पुग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फरार अभियुक्तहरुले ती किशोरीलाई मोराहाङ गाबिसमा पर्ने ताङमायाँ जंगलमा बिहे गर्छु भनी बोलाएर कार्तिक २३ गते सामुहिक बलत्कार गरेका थिए । NAARIKNEWS