इस्लामिक अतिवादी समूह आईएसद्धारा अर्का अमेरिकी नागरिकको टाउको छेदन गरि हत्या

इस्लामिक अतिवादी समूह आईएसले अपहरणमा परेका अर्का अमेरिकी नागरिक अब्दुल रहमान कासिङको हत्या गरेको दाबी गरिएको अनलाइन भिडियो सार्वजनिक गरेको छ ।
अमेरिकी सहायता कर्मचारी कासिङको छेदन गरिको भनिएको टाउको लिएर अनुहार छोपेका आईएस लडाकु भिडियोमा उभिएका छन् । धर्म परिवर्तन गरि इस्लाम बनेका कासिङ गत वर्ष पक्राउ परेका थिए ।
गत अक्टोबरमा आईएसले बेलायती सहायता कर्मचारीको अपहरण गरि हत्या गर्दैै कासिङको पनि हत्या गर्ने धम्की दिएको थियो । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले भिडियोको आधिकारीकताबारे अनुसन्धान गरेको जनाएको छ ।
AGENCIES