१८औं सार्क शिखर सम्मेलनको तयारी तयारी अझै पुरा भएन

काठमाडौं, मंसिर १ । १८औं सार्क शिखर सम्मेलनको तयारी वैठकहरु आगामी शनिबारदेखि काठमाडौंमा शुरु हुदैछ । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिहंदरबारको गेट र सिंहदरबार अगाडिको सडक पेटीको मर्मत सम्भार भने अभैm सकिएको छैन ।
यद्यपी सम्मेलन स्थल र रिट्रिट स्थलमा भने तयारी पूरा भएको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आज हामीसँग कुरा गर्दै सडक बाहेक अरु सबै तयारी पूरा भएको जानकारी दिए ।
शनिबार आयोजना हुने सहसचिव स्तरको प्रोगामिङ कमिटिको बैठकसँगै सम्मेलनले गति लिने छ र मंंसीर १० र ११ गते शिखर सम्मेलन हुनेछ ।
यस पटक शिखर सम्मेलनको मूख्य नारा सार्क राष्ट्रहरुबीच स्थल, जल तथा हवाई सम्पर्क बढाउने रहेको छ । तर सार्क स्थापनाकालदेखिको एजेन्डा गरिबी निबारण, निरक्षरता उन्मुलनलगायतका एजेन्डाहरुले यो पटक पनि निरन्तरता पाउने छन् ।
IMAGKHABAR