आर्थिक वृद्धिदर निरन्तर ओरालो लागेपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले संसदको तल्लो सदन विघटन गरी नयाँ चुनाव गर्ने घोषणा गरेका छन्। औपचारिक रुपमा संसदको विघटन शुक्रबार गर्ने बताए पनि डिसेम्बरमा गर्ने चुनावको मिति भने तय गरिएको छैन्।
साथै उनले विवाद भएको बिक्री कर निर्णयलाई पनि १८ महिना ढिला गर्ने बताएका छन। जापानमा पछिल्लो तीन महिनामा कुल ग्राहस्थ उत्पादन वृद्धिदर १.६ प्रतिशत रहेको छ, सरकारले यो अवधिमा २.२ प्रतिशतले बृद्धि हुने अनुमान गरेको थियो।
AGENCIES