सार्क शिखर सम्मेलनभरि काठमाडौसहित जनकपुर, लुम्बिनी, मुक्तिनाथ र धुलिखेल क्षेत्र पूर्ण रुपमा लोडसेडिङ्गमुक्त हुने

उर्जामन्त्री राधा ज्ञवालीले १८ औं सार्क शिखर सम्मेलनभरि राजधानी काठमाडौसहित राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले भ्रमण गर्ने जनकपुर, लुम्बिनी, मुक्तिनाथ र धुलिखेल क्षेत्र पूर्ण रुपमा लोडसेडिङ्गमुक्त हुने घोषणा गरेकी छिन्। 
 
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले त्यसको लागि भारतबाट ५ सय मेगावाट विद्युत मागेको र त्यसमध्ये १ सय ७० मेगावाट विद्युत आयात भैरहेको जानकारी दिईन्। 
 
मन्त्री ज्ञवालीले यस वर्ष अघिल्ला वर्षहरु भन्दा हिउँदको समयमा कम लोडसेडिङ हुने दाबी गर्दै त्यसको लागि भारतबाट विद्युत आयातका साथै निर्माणधिन आयोजनाहरुको काम छिटो सम्पन्न गराउने, साना आयोजना निर्माण गर्न सहयोग गर्ने, बुढीगण्डकी र नर्सिङ्गाड जस्ता आयोजनाका कामहरु तत्काल अघि बढाउने, अरुण तेस्रोको पीडिए गर्ने, माथिल्लो कर्णालीको कामलाई अगाडि बढाउने र विश्व बैंकले सौर्य उर्जामा समेत लगानी गर्न लागेको योजना सुनाईन। 
 
हालै भएको सार्क पावर सेन्टरको कार्यक्रममा नेपालबाट उत्पादित विद्युतले समग्र सार्क क्षेत्रको उर्जा संकट समाधान गर्ने निष्कर्श निकालेकोले आगामी सार्क शिखर सम्मेलनमा उर्जा विकास र उर्जा व्यापार प्रमुख एजेण्डाका रुपमा रहने समेत स्पष्ट पारिन्। 
 
मन्त्री ज्ञवालीले भनिन्,’सार्क सम्मेलनमा तीन महत्वपुर्ण विषयमा छलफल हुन्छन त्यसमध्ये प्रमुख विषय सार्क फ्रेमवर्क फर ईनर्जी को