एकीकृत माओवादीका समानुपातिक सभासद पासवानको पद खारेज

एकीकृत नेकपा माओवादीका समानुपातिक सभासद सम्भु हजारी पासवानको पद खारेज भएको छ।
 
संविधानसभा अदालतले सर्लाहीका हजारीलाई राष्ट्रिय दलित आयोगको सदस्य हुँदाहुँदै, सभासद भएको भन्दै उक्त पद खारेज गरिदिएको हो। 
 
यसअघि अदालतको अन्तरिम आदेशको आधारमा सभामुख सुवासचन्द्र नेम्बाङले उनलाई निलम्बन गरेका थिए।
 
संसद सचिबालयले बुधवार सूचना निकालेर उनको पद खारेज भएको जानकारी दिएको हो। उनका विरुद्ध एकीकृत नेकपा माओवादीकै सुमित्रादेवी कलवारले मुद्दा हालेकी थिइन्।
SETOPATI