सार्कको १८ औँ शिखर सम्मेलनलाई भव्य र सभ्य बनाउने विषयमा प्रधानमन्त्री र एकीकृत माओवादीबीच छलफल

काठमाडौं, मंसिर ६ – प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलनलाई भव्य र सभ्य बनाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा शिखर सम्मेलन मुलुकको प्रतिष्ठासँग जोडिएकाले सबै पक्षले सफल बनाउन लाग्नुपर्ने र कुनै पनि कमजोरी हुन नदिने विषयमा कुराकानी भएको थियो ।
क्षेत्रीय तहमा नेपालको राजनीतिक उपलब्धिलाई प्रचार