अमेरिकी राष्ट्रपति बराक ओबामाले आफूले घोषणा गरेको आप्रवासनसम्बन्धी नयाँ नीति लागू गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् । कार्यकारी शक्तिको दुरुपयोग गरेको भन्दै विपक्षी रिपब्लिकनले आलोचना गरेकै बेला ओबामाले यो परिस्थिति आउनुमा रिपब्लिकन नै जिम्मेवार रहेको आरोप लगाए ।
कंग्रेसमा पेश गरेको विधेयक विपक्षीले पारित गर्न नदिएकाले आफूसँग योबाहेक अर्को बाटो नै नरहेको ओबामाको भनाइ छ । आप्रवासन नीतिमा स्थायी सुधार गर्न जनतासमक्ष कसम खाएको स्मरण गर्दै उनले स्थायी सुधारका लागि कंग्रेससँग मिलेरै काम गर्न तयार रहेको पनि प्रष्ट गरेका छन् ।
अमेरिकामा