अठारौं सार्क शिखर सम्मेलनमा भाग लिन सातै सदस्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरु मङ्गलबार नै काठमाडौं आएका थिए ।
उनीहरूलाई नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री द्वय बामदेव गौतम र प्रकाशमानसिंह सहितका उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए।
दक्षिण एसियाली राष्ट्रबीच आपसी एकता कायम भएमात्र सार्क स्थापनाको लक्ष्य प्राप्त गर्न सकिने भएकाले त्यसतर्फ सदस्य राष्ट्र प्रमुखहरुको ध्यान जानुपर्नेमा जोड दिइएको छ। अठारौं सार्क शिखर सम्मेलका अवसरमा इन्डिया टुडेद्वारा आज यहाँ आयोजित अन्तर्क्रियामा सहभागी विशिष्ट व्यक्तिले दक्षिण एसियाका राष्ट्रबीचको आपसी एकतालाई मजबुद बनाउनुपर्ने धारणा राखेका हुन्।
सार्क सदस्य राष्ट्र कुनै न कुनै रुपमा आतङ्कवादी चपेटामा परेकाले त्यसविरुद्ध जुध्नका लागि समान धारणाको विकास गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन्। भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिँदै वक्ताहरुले आतङ्कवादविरुद्धका लागि साझा प्रतिबद्धतासहित क्षेत्रीयरुपमा सशस्त्र बलको निर्माण गर्न सकिने धारणा राखेका थिए।
सामाजिक न्यायसहितको समृद्ध दक्षिण एसिया निर्माणका लागि सार्क क्षेत्रमा विद्यमान विभेद् तथा लिङ्गीय अवरोधलाई अन्त्य हुनुपर्नेमा उहाँहरुले जोड दिएका छन्।
अन्तर्क्रियाका विशेष वक्ता अफगानी राष्ट्रपति असरफ घानीले आतङ्कवाद दक्षिण एसियाको साझा समस्या भएकाले यहाँका जनताबीचको आपसी एकता कायम गरेर त्यसबिरुद्ध लड्नुपर्ने बताए।
समृद्धिको बाटोमा अगाडि बढ्न पनि आपसी एकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले विद्यमान गरिबी निवारणका लागि सहजरुपमा सेवा तथा वस्तुको निर्वाध प्रवाह हुने अवस्था सिर्जना गर्नुपर्ने बताए।
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले दक्षिण एसियाली सदस्य राष्ट्रहरुले एकआपसमा आरोप